शनिबार वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 10 August 2020

शनिबार वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज, २६ साउन : शनिबार वीरगञ्जमा मृत्यु भएकी ४५ वर्षीय महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । आइतबार राति अबेर आएको पीसीआर रिपाेर्टमा कोरोना पोजिटिभ पाइएको गण्डकको अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयाे । 

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार साझ वीरगञ्जको ईण्डो अस्पतालमा लगिएको र चार घण्टा उपचार गर्दा कुनै सुधार नआएपछि चिकित्सकको सल्लाहमा गण्डकको अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा उपचार गर्दा गर्दै ती महिलाको राति अबेर मृत्यु भएको थियो ।

कोभिड अस्पतालमै उपचारका क्रममा शनिबार रातिमा मृत्यु भएको र मृत्युपछि शनिबार राति नै स्वाब सङ्कलन गरी पीसीआर जाँचका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा आइतबार राति १२.०० बजे ती महिलाको पीसीआर रिपाेर्ट पोजिटिभ आएको डा. सिंहले बताउनुभयो ।

यी ४५ वर्षीय महिलामा मृत्युपश्चात कोरोना सङ्क्रमण पुष्टि भएसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ भने साउन महिनामा मात्रै कोरोना सङ्क्रमणको कारण १८ जनाको मृत्यु भइसकेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.