सप्तरीमा ११ जनालाई कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 18 August 2020

सप्तरीमा ११ जनालाई कोरोना संक्रमण पुष्टि

सप्तरी, २ भदौ : सप्तरीमा मंगलवार ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा परिक्षण गरिएका ११५ जनाको रिपोर्ट सार्वजनिक हुँदा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हाे ।

संक्रमण पुष्टि भएका सवै हनुमाननगर कंकालिनी नगरपालिकाका हुन् ।  अन्य सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ का ४० वर्षीय पुरुष, वडा नं. ७ का ३१ वर्षीया महिला, वडा नं. ९ का १०, ३६, ५५ र ६५ वर्षीय पुरुष तथा २४, ३०, ३८ र ५० वर्षीया महिला कोरोना संक्रमित भएका छन् ।

यसैगरी, वडा नं. १० का ४७ वर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सप्तरीमा यो सँगै संक्रमितको संख्या ६८३ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.