पछिल्लाे २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना स‌ंक्रमण पुष्टि, थप ३ जनाकाे मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 30 August 2020

पछिल्लाे २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना स‌ंक्रमण पुष्टि, थप ३ जनाकाे मृत्यु

सुरुङ्गा, १४ भदौ : पछिल्लाे २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जनामा काेराेना स‌ंक्रमण पुष्टि भएकाे हाे ।

प्रदेश राजधानी विराटनगरमा ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । यसैगरी मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । 

सुनसरीको दुहवीमा १४ पुरुषमा संक्रमण देखिएको छ ।  उता इटहरीमा ४ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । इनरुवामा १ महिला र ५ पुरुषमा संक्रमण देखिएको छ । 

यस्तै धरानमा १ महिला र ५ पुरुषमा संक्रमण देखिएको छ । बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैवीच पछिल्लाे २४ घण्टामा थप ३ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा एक महिला र दुइ जना पुरुष रहेका छन् । याेसँगै प्रदेश १ मा मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ  । हालसम्म ८ महिला र २४ पुरुषकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे ५ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.