प्रदेश १ः कोरोना संक्रमणबाट एक महिनामै ३२ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

प्रदेश १ः कोरोना संक्रमणबाट एक महिनामै ३२ जनाको मृत्यु

सुरुङ्गा, १५ भदाै : प्रदेश १ मा काेराेना संक्रमणकाे दर दैनिक बढिरहेकाे छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । प्रदेशमा अहिलेसम्म कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ। 

सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालयका अनुसार गत १५ साउनमा संक्रमणमुक्त हुने अर्थात उपचारपछि निको हुने दर ७६ दशमलव ९ प्रतिशत थियो। त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ३ दशमलव १ प्रतिशत थियो । त्यस्तै, संक्रमितको मृत्युको दर शून्य प्रतिशत थियो । तर, अहिले ती सबै सूचक ओरालो लागेका छन्। आइतबारसम्म प्रदेशभर देखिएका ३ हजार ३ सय ११ संक्रमितमध्ये १ हजार पाँच सय ३४ निको भएका छन् । 

त्यस्तै, आइतबारसम्म मृतकको संख्या ३२ पुगेको छ। १५ साउनमा यो दर शून्यमा रहेको थियो। ४ सय ६० जना अस्पतालमा बेड नपाएपछि घरमै बसेका छन् । आइसियूमा बस्नेको संख्या ८ छ । भेन्टिलेटरमा अहिलेसम्म कसैलाई राखेर उपचार गर्नुपरेको छैन। साउनको दोश्रो सातासम्म प्रदेशभरि जम्मा संक्रमित ९ सय ७५ प्रदेश १ मा ७ साउनदेखि १४ साउनसम्ममा ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको थियो। सोही अवधिमा विराटनगरमा ६० जना मात्र संक्रमित थिए। तर अहिले एक महिनाको अन्तरालमा यो संख्या ३ हजार ३ सय ११ पुगेको छ। विराटनगरमा मात्र संक्रमित संख्या ९ सय ८१ पुगेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालयका संयोजक डा सरोज विशालले जानकारी दिनुभयाे।

प्रदेशमा अहिलेसम्म ८७ हजार ६०१ स्वाब परीक्षण गरिएको छ। प्रदेश १ मा संक्रमित संख्या बढेसँगै परीक्षणको दायरा बढाउन थप दुई स्थानमा ल्याब स्थापना गरिएको छ। प्रदेशको २ स्थान धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा मात्र प्रयोगशाला रहेको थियो। पछिल्लो समय प्रदेश प्रयोगशाला र मेची अस्पतालमा पनि प्रयोगशाला स्थापना गरी क्षमता बिस्तार गरिएको छ। कोशी अस्पताल, प्रदेश प्रयोगशाला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालको प्रयोगशालाबाट स्वाब परीक्षणको काम भइरहेको छ। रिस्क जोनमा २० वटा स्थानीय तह प्रदेश १ सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिममा २० वटा स्थानीय तहलाई राखेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको जनाएको छ। रिस्क जोनमा परेका स्थानीय तहमा अहिले एकैसाथ कन्ट्याक ट्रेसिङ, परीक्षण र आइसोलेसन गर्ने काम भइरहेका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयाे। 

प्रदेश सरकारले भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई ‘रिस्क जोन’ (जोखिमयुक्त)क्षेत्रमा राखेको हो। भारतमा संक्रमण दर उच्च छ।खुला सीमा भएका कारण संक्रमण फैलनसक्ने जोखिम निष्र्कष प्रदेश सरकारको रहेको छ। मन्त्री घिमिरेकका अनुसार मोरङका ६, सुनसरीका ५, झापाको ५ र इलामका चारवटा स्थानीय तह जोखिममा छन्। प्रदेश सरकारले मोरङको विराटनगर महानगरपालिका, जहदा र धनपालथान गाउँपालिकालाई उच्च जोखिममा राखेको छ। त्यस्तै भारतसँग सीमा जोडिएका रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका जोखिममा छन्।सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु जोखिममा छन्। झापाको मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिका पनि जोखिममा छन्। त्यस्तै इलामको रोङ, सूर्योदय माइजोगमाई र सन्दकपुर जोखिमको सूचीमा छन्। २१ देखि ३० वर्ष उमेर समूहमा संक्रमण दर उच्च कोरोनाको संक्रमणको दर बढेसँगै युवा अवस्थाका मानिसमा सबै भन्दा बढी संक्रमणको दर उच्च देखिएको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.