पर्सामा थप ३२ जना कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

पर्सामा थप ३२ जना कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज, १५ भदौ : पर्सामा थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणको राति अबेर आएको रिपाेर्टमा पर्साका थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

डा. चौरसियाका अनुसार आइतबार गरिएको ४३६ जनाको स्वाब परीक्षणमा पर्साका ३२ जना, बाराका चार जना, सर्लाहीका एक जना र ठेगाना उल्लेख नगरिएका एक जना गरी ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पर्सामा थपिएका ३२ जनामध्ये वीरगञ्ज महानगरपालिकाका २३ जना, कालिकामाई गाउँपालिकाका नाै जना रहेका छन् । वीरगञ्ज महानगरपालिको वडा नम्बर १ र ४ का चार/चार जना, वडा नम्बर २ र ११ का तीन-तीन जना, वडा नम्बर १२ र २० का दुई /दुई जना, वडा नम्बर ३, ५ , ६ ,१३ र १५ का एक-एक जना रहेका छन् ।

नयाँ थपिएका बारा जिल्लाका चार जना सङ्क्रमितमा कोल्भी नगरपालिकाका तीन जना र महागढीमाईका एक जना, सर्लाहीको रामनगर गाउँपालिकाकाको एक जना रहेको डा. चौरसियाले जानकारी दिनुभयो ।

शनिबार थपिएका ४७ जना सङ्क्रमितसहित पर्सामा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार १९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.