पर्सामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 18 August 2020

पर्सामा थप १५३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज, २ भदौ : पर्सामा थप १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयाे ।

उहाँका अनुसार टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणमा वीरगन्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स गरी ३० जनामा संक्रमण भेटिएको हो । बयोधा अस्पतालका ६ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र २ जना बिरामी गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिनुभयाे ।

यस्तै टेकुकै प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका अन्य ६८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगन्ज ११ श्रीपुर विद्यापिठ माविमा स्वाब दिएका मध्ये ५७ जना र त्रिजुद्ध माविमा स्वाब दिएका मध्ये ११ जना गरि ६८ जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पनि पर्साकै ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । संक्रमण पुष्टि भएका ५५ जनामध्ये सबैभन्दा बढी पर्साको बहुदरमाइ नगरपालिकाका २५ जना रहेका छन् । बहुदरमाइ नगरपालिका ४ का मात्रै २० जना तथा वडा नम्बर ५ , ६ , ७ , ८ र ९ का १/१ जना रहेका छन् ।

सोमबार राति १५३ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।साउन यता मात्रै पर्सामा १ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.