काठमाडौं उपत्यकामा १ सय ८६ जना संक्रमित, देशभर संक्रमितको संख्या ८ सय ८४ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 29 August 2020

काठमाडौं उपत्यकामा १ सय ८६ जना संक्रमित, देशभर संक्रमितको संख्या ८ सय ८४

काठमाडौं, १३ भदौ : काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा संक्रमितको संख्या  १ सय ८६ छ । शुक्रबार ४ सय १५ जना संक्रमित रहेकोमा उपत्यकामा शनिबार १ सय ८६ जना मात्रै संक्रमित भएकाे नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी  दिनुभयाे ।

मन्त्रालयका प्रवक्ता गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ सय ८४ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् । ११ हजार ५ सय १६ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.