थप ८८४ जना सङ्क्रमितसहित ३७ हजार ३४० पुग्याे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 29 August 2020

थप ८८४ जना सङ्क्रमितसहित ३७ हजार ३४० पुग्याे

काठमाडौँ, १३ भदौ : नेपालमा ८८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४२ महिला र ६४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३७ हजार ३४० पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५७७ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५५५ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.