दाङमा २९ सैनिकमा काेराेना सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 11 August 2020

दाङमा २९ सैनिकमा काेराेना सङ्क्रमण

दाङ, २७ साउन : दाङको तुलसीपुरमा मङ्गलबार एकैदिन २९ जना सैनिकमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते सङ्क्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा सङ्क्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन विकास आचार्यले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएका २९ जना नै बाहिनीभित्रैको आइसोलेशनमा बसेका छन्। 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.