विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 13 August 2020

विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

सुरुङ्गा, २९ साउन : विराटनगरमा थप २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे महानगरपालिका जनस्वास्थ्य राजेन्द्र कुइकेलले बताउनुभएकाे छ । उहाँका अनुसार २४ गते कोशी अस्पताल विराटनगरमा गरिएकाे परिक्षणकाे बुधबार राती आएकाे रिपाेर्टमा ८ महिला र १९ पुरूषमा संक्रमण पुष्टि भएकाे हाे । 

संक्रमितहरू मध्ये विराटनगर वडा नम्बर २ का २ जना,  वडा नम्बर ३ का १ जना,  वडा ५ का ३ जना, वडा ६ का २ जना, वडा ८ का ५ जना, वडा ९ का ४ जना, वडा १० का २ जना, वडा १२ का ४ जना र वडा १७ का ३ जना रहेकाे बताएका छन् । संक्रमितहरू मध्याे धेरै याे भन्दा अघि काेराेना संकेमण पुष्टि भएकाहरूकाे आफन्त तथा सम्पर्कमा रहेकाहरू रहेकाे उहाँले बताउनुभयाे ।

याे संगै विराटनगरका काेराेना संकेमितकाे संख्या ६९ पुगेकाे छ। 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.