मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 18 August 2020

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जलेश्वर, २ भदौ : महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गए राति ज११प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो । ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ । (रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.