आइतवार सूर्यदेवको आराधना कसरी गर्ने ? यस्ताे छ विधि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

आइतवार सूर्यदेवको आराधना कसरी गर्ने ? यस्ताे छ विधि

हिन्दू धर्ममा सूर्यलाई देवताको रूपमा पूजिन्छ। अन्धकारलाई हटाएर प्रकाशको किरण फैलाउने सूर्यदेवलाई पंचदेवमा सबैभन्दा प्रमुख देवता मानिन्छ । सूर्य यो ब्रम्हाण्डमा उर्जाको एकमात्र स्रोत हो र बिना उर्जाको संसारको हरेक सजीव वस्तु पनि निष्क्रिय हुन्छ।

सूर्यको मानव जीवनमा महत्वलाई सम्झेर हिन्दू धर्ममा मात्र हैन अन्य धर्ममा पनि सूर्यलाई धार्मिक द्रष्टिले हेरिन्छ। हिन्दू धर्म शास्त्र अनुसार सूर्यदेवलाई जल अर्पण गरेमा र विधिवत सूर्यदेवकाे आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पापबाट पनि मुक्ति मिल्ने विश्वास गरिन्छ ।

सूर्यदेवको आराधनाले हुने लाभ 
सूर्यदेवको आराधना गर्दा मनुष्य बल , बुद्धि , तेज , मान/सम्मान , धन/सम्पति र स्वास्थ्यले परिपूर्ण हुने विश्वास छ । यसको साथसाथै सूर्य देवको नित्य आराधना गर्दा मानव जीवनमा नयाँ शक्तिको संचार हुन्छ।

सूर्यदेवको पूजाले मानव जीवनमा हुने प्रभाव
सूर्यदेवको आराधनाले शरीर रोगमुक्त हुन्छ। रोग जस्तो पनि होस् सूर्यदेवको विधिवत आराधनाले रोगबाट मुक्ति मिल्छ।

मानसिक राेग, चिन्ता, तनाव, नकारात्मक सोचबाट मुक्ति मिल्छ। सूर्यदेवको पूजाले जीवनमा सकारात्मक उर्जाको संचार हुन्छ।

सूर्यदेवको पूजाले मनबाट अहंकार, हीन भावना , ईर्ष्याको भाव हट्छ  ।

जन्म कुंडलीमा सूर्य दोष भएमा सूर्यदेवको आराधना गरेमा विशेष रूपले फलदायी मानिन्छ। यस्तो व्यक्तिले नियमित रूपमा सूर्यदेवको आराधना गर्नुपर्दछ।

सूर्यदेवको आराधनाले नौकरीमा आएको बाधा हट्छ र साथै नौकरीमा पदौन्नतिको अवसर प्राप्त हुन्छ।

जो व्यक्ति सम्पूर्ण जीवन सूर्यदेवको आराधना गर्दछ , जल अर्पित गर्दछन् त्यस्तो मनुस्यको मुखमा सैदव तेज रहन्छ। यस्तो व्यक्तिमा अरुलाई आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ ।

सूर्य देवको नित्य आराधना गर्ने व्यक्तिको स्वभाव निडर र शरीर बलवान हुन्छ।

सूर्यदेवको आराधना कसरि गर्ने
आईतवारको दिन नवग्रह मंदिर गएर सूर्यदेवलाई चंदनको लेप लगाउने । 
धुप ९ दीप जलाउने । 
सूर्यदेवलाई जलले स्नान गर्ने। 
कुमकुमको टीका लगाउने। त्यस पश्चात् चामल मीठाई र पुष्प अर्पित गर्ने।

अब सूर्यदेवको समक्ष बसेर सूर्यदेवको यो मंत्रको जप गर्ने ।
 स् ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे।
निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे। 
त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। 
भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।।

सूर्यदेवलाई जल अर्पित गर्ने विधि 
सूर्यदेव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाई हामी प्रत्यक्ष देखन सक्छौं । त्यसैले सूर्यदेवको आराधना घरको पूजा स्थलमा गर्नु भन्दा घर बाहिर खुला ठाउँमा सूर्यदेवको समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ।

सूर्यदेवको आराधनामा सूर्यदेवलाई जल अर्पण गर्नु सबै भन्दा महत्व रहन्छ। यसलाई हामी सूर्यलाई अर्घ दिनु भन्छौं। सूर्यदेवलाई अर्ध्य दिन बिहानै सूर्योदयभन्दा पूर्व उठेर स्नान गरिन्छ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर मुख गरेर अर्घ दिइन्छ ।

एक तामाको वस्तुमा जल भरेर चामल , चिनी, पुष्प राखेर जल पानी चढाउने गरिन्छ । र तामाको भाँडाेलाई आफ्नो छातिको सामुने र सूर्यदेवलाई जल अर्पण गर्दै काँदबाट माथि लग्ने प्रयास गरेर जलधारामा सूर्यको प्रतिबिम्बलाई हेर्ने प्रयास गरिन्छ।

सूर्यदेव को यो मंत्रको जप गर्नुहाेस् 
ॐ सूर्याय नमः


याे पनि पढ्नुहाेस् 
आइतबार ‘सूर्य देव‘को बार:हेर्नुस नसोचेको फल पाइन्छ

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.