आइतबार ‘सूर्य देव‘को बार:हेर्नुस नसोचेको फल पाइन्छ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

आइतबार ‘सूर्य देव‘को बार:हेर्नुस नसोचेको फल पाइन्छ

हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ।हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ।‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति का संचार हुने बिश्वास रही आएको छ।आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ।

सूर्य देवको मंत्र यस प्रकार रहेको छ:
१)पुत्र प्राप्तिको लागि -ऊँ भास्कराय पुत्रं देहि महातेजसे।धीमहि तन्नः सूर्य प्रचोदयात्।।
२)हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागि-ऊँ हृां हृीं सः सूर्याय नमः।।
३) व्यवसाय वृद्धि एवं सफलताका लागि- ऊँ घृणिः सूर्य आदिव्योम।।
४) शत्रुलाइ परास्त गर्न-शत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः
५)सबै मनोकामना पुरा गर्नका लागि- ऊँ हृां हृीं सः
६)सबै अनिष्ट ग्रहदशा निवारण गर्न-ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः

यति मन्त्रलाई भगवान सुर्यको आराधना गरे फल मिल्ने धार्मिक विश्वास रहेको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.