मेरो जीवन : स्मारिका पाैडेल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

मेरो जीवन : स्मारिका पाैडेल

सुनौलो बिहानी अनि रङ्गिन सपनाहरू,
कुहिरोले ढाकेको दिन अनि रङ्गहीन भोगाईहरु,
चराको चिरबिर र मनभित्र रूमलिएका यादहरु,
हुत्याइएको आँट अनि गन्तव्यहीन यात्रा।

आशाको झिनो डोरीसँगै तेर्सिएको डरको धारिलो चाकु,
भरोसासँग खेलिएका ती विश्वासघाती खेलहरु,
कहिले देब्रे त कहिले दाहिने हुने मेरा भगवानहरु,
अनि पेन्डुलम जस्तै कहिले यता त कहिले उता हुने साथहरू।

थोत्रो खाट अनि प्रेममा डुबे झैं भित्ता हेरी टोलाउने आँखाहरू,
मस्तिष्कमा लहराएका भावनाका वेगहरू,
नियालिएको भविष्य अनि वर्तमानले फ्यालिदिएको साहस,
कैयौं असफलतासँग जोडीएका विगतका अर्थहीन प्रयास ।

एक पछि अर्को गर्दै लिएको चियाको चुस्की,
अनि कैयौं पीडाले चुसिएको मन,
छरपस्ट फिँजारिएको कपाल,
लत्रिँदै गएको मेरो तन,
अनि सम्हाल्नै नसकिने गरि लथालिङ्ग भएको मेरो जीवन।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.