बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला

लन्डन, १५ भदौ : चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ ।

मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको डेलीमेलले जनाएको छ ।

मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए ।

५२ वर्षीय मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.