पछिल्लो २४ घण्टामा एक हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 30 August 2020

पछिल्लो २४ घण्टामा एक हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

काठमाडौँ, १४ भदौ : पछिल्लो २४ घण्टामा एक हजार  २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार  २ सय २१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय ४८ जना महिला र ८ सय ७३ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ गरी ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको मन्त्रालयले जनाकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ८ सय २२ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १७ हजार ५ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ७ हजार ७ सय ९७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.