प्रेम सञ्जेललाई कुटपिट गर्ने दुई महिलालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान गर्ने तयारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

प्रेम सञ्जेललाई कुटपिट गर्ने दुई महिलालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान गर्ने तयारी

विराटनगर, १८ साउन : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गर्ने दुई महिलालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान गर्ने तयारी प्रहरीले तयारी गरेको छ ।सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परका नेत्र कुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशान कार्यालय मोरङमा ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको हो ।

आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले शनिबार ११ बजे सञ्जेललाई कुटपिट गरेपछि शनिबार दिउँसो सञ्जेलले मोरङ प्रहरीमा जाहेरी दिनुभएकाे थियाे । शनिबार साँझसम्म दुवै पक्षबिच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो । सञ्जेलले आफुमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही हुनुपर्ने अडान राखेपछि प्रक्रिया अगाडी बढाएको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेका दुई जनालाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरिएको जानकारी दिनुभयाे ।

सञ्जेललाई कुटपिट गर्ने दुवै जना कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् । सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेको महिला कर्मचारीको भनाई छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.