पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्छ : अध्यक्ष प्रचण्ड - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 1 August 2020

पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडाैँ, १७ साउन : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिकाे ढाकछोप गर्न नसकिने बताउनुभएको छ । उहाँले पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताउनुभयो ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृत्तिहरुको ढाकछोप नगरी फर्छ्याैट गर्नुपर्ने बताउनुभयो । कुनै पनि बहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने नागरिकको चाहाना नेतृत्वले बुझेको भन्दै उहाँले समाचारमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभयो ।

उहाँले विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको भन्दै अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.