पाटन अस्पताल र राष्ट्रिय विमा संस्थानवीच विमा सम्झौता - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 28 August 2020

पाटन अस्पताल र राष्ट्रिय विमा संस्थानवीच विमा सम्झौता


ललितपुर, १२ भदौ : लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय विमा संस्थानवीच विमा सम्झौता सम्पन्न भएकाे छ । प्रतिष्ठानले कम्पनीमार्फत काम गर्ने सम्पूर्ण १५५७ जना कर्मचारीहरुको कोरोना विमा गरेकाे हाे । 

प्रतिष्ठान अन्तर्गत स्कूल अफ मेडिसिन, स्कूल अफ नर्सिङ्ग, स्कूल अफ पब्लिक हेल्थ तथा अस्पताल सेवामा कार्यरत सम्र्पूण स्थायी, अस्थायी, करार र आउटसोर्सिङ्ग कम्पनीमार्फत कार्य गर्ने सम्पूर्ण १५५७ जना कर्मचारीहरुको प्रतिष्ठानको तर्फबाट कोरोना विमा गरिएको नवनियूक्त अस्पताल निर्देशक प्राध्यापक डा.रवि शाक्यले जानकारी दिनुभयो । कोरोनाको संक्रमण समुदायस्तरमा बढ्दै जान सक्ने सम्भावनालाई मध्यनजर गर्नुका साथसाथै कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कोरोना विमा गरिएको उहाँले बताउनुभयो । 

अस्पतालको विमामा आवद्ध कर्मचारीहरु कोरोनाबाट संक्रमित भएमा विमा दावी गर्नको लागी विमा गरेको मितिले १६ औं दिनबाट दावी गर्न सकिने र विमाको अवधि १ वर्षको हुने विमा सम्झौतापत्रमा उल्लेख गरिएको जनाएको छ । 

कोरोना संक्रमणको शुरुवाती दिनदेखिनै अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको लागी छुट्टै भवन तथा ज्वरो क्लिनिकको व्यवस्था भएता पनि ओ.पि.डि तथा अन्तरङ्ग सेवा लिने विरामीहरुको संख्यामा कमी आईरहेको उहाँले बताउनु भयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.