सुख्खा पहिराले पृथ्वी राजमार्ग अवरुद्ध - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 28 August 2020

सुख्खा पहिराले पृथ्वी राजमार्ग अवरुद्ध

दमौली, १२ भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडक माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग चलाउन डेढ घण्टा लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.