संसारलाई हँसाउनुछ : पवित्रा प्रसाई - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 29 August 2020

संसारलाई हँसाउनुछ : पवित्रा प्रसाई

-पवित्रा प्रसाई
संसार आज रोएको बेला
कसरी शान्त रहन सकुँला
जता जाऊ उतै आज कोरोनाकै चर्चा
आकाश उशै मडारिएर हुन लाग्यो वर्षा
घट्ला भन्यो बढ्दै गाछ मानवको नाश
यता हेर्यो उता हेर्यो मन त्यसै शुन्य भाछ
गोडमेल गरी मनलाई हौसल्लाले उकेरा लगाई
लरखराएका पाइला आज यहीं माटोमा रमाई
सुरक्षित लाग्छ मलाई जन्मिएको माटो
अमृत धारा पिएको यहीं धर्तीको आटो
परदेशमा रही आज यहीं माटोलाई सम्झी
मन उसै बहकिन्छ तिमीलाई सम्झी
चरी झैँ उड्ने भए आउँथे होला उडेर 
तन पर्यो परदेशमा मनभरी नेपाल बोकी 
दैव अव बन्द गर तिम्रा ती खेलहरू
अन्जान सम्झी माफी गर मानवका झेलहरू
विज्ञानको चमत्कारमा प्रकृतिको तागतमा
विश्व आज रोएको छ कोरोनाको कहरमा
हामी आजै जाग्नुपर्छ प्रकृतिको संरक्षणमा
हराभरा स्वर्गतुल्य रमाउनुछ यहीं धर्तीमा
घेराबार पर्खालको किल्ला भन्दा धेरै टाढा
प्रकृतिको राज्य चल्छ विश्वव्रह्माण्ड सारा
पुनः फेरी बगैँचामा सुन्दर बस्ती बसाल्नुछ 
जीवजन्तु वनस्पती सारालाई हसाउँनुछ
विश्वव्रह्माण्ड प्रकृतिलाई युगौं युग जोगाउनुछ ।

–पवित्रा प्रसाई 
(मुगिटार ,मन्थली रामेछाप )

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.