सभामुख सापकोटाको अगुवा गाडीका सुरक्षाकर्मीमा कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 1 August 2020

सभामुख सापकोटाको अगुवा गाडीका सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौँ, १७ साउन : सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिने अगुवा गाडीमा रहने एक सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। 

पछिल्लो दिनमा प्रहरी हेडक्वाटरमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ति सुरक्षाकर्मीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि दिइएको थियो। 

उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएपछि सभामुखको सुरक्षामा खटिएका सुरक्षाकर्मी र निवासमा बस्ने कर्मचारीको स्वाब संकलन गरिएको छ। सभामुखको सुरक्षामा खटिने अगुवा गाडीका सुरक्षाकर्मीसमेत हेडक्वार्टरमै बस्ने गर्छन्।

शुक्रबार सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको सभामुख सचिवालयले जानकारी दिएको छ। 

सभामुख सचिवालय स्रोतका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी साउन ६ गतेपछि भने निवासमा आएका थिएनन्। सभामुखको अगुवा गाडीमा रहने सुरक्षाकर्मी सवारी हुँदा निवास पुग्ने र अन्य समय हेडक्वार्टरमै बस्ने गर्छन्। 

सभामुख निवासका सुरक्षाकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट शनिबार साँझसम्ममा आउने बताइएको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.