नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा बार्ता, खनाल र नेम्वाङ सहभागी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा बार्ता, खनाल र नेम्वाङ सहभागी

काठमाडौं, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आन्तरिक विवाद समाधानकाे प्रयास गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच बालुवाटार बार्ता सुरु भएको छ । साउन १३ गते यता दुई अध्यक्षबीच वार्ता भएको थिएन । आजकाे वार्तामा नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष तथा प्राधनमन्त्री ओलीका तर्फबाट संसदीयदलका उपनेता सुवासचन्द्र नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राख्नुभएको हाे । प्रधानमन्त्रीको सचिवालयबाट दिइएको जानकारीअनुसार विहान १० बजेदेखि दुई अध्यक्षबीचको वार्ता शुरुभएको हो । पार्टीमा कायम रहेको गतिरोध अन्त्य गर्ने उद्देश्यले वार्ता भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।

दुई अध्यक्षले आफ्नो पक्षका नेताहरुसँग निरन्तर छलफल र संवादमा रहनु भएपनि अध्यक्षद्वयबीच भने नियमित वार्ता र संवाद हुन सकेको छैन । लामो समयपछि आज भइरहेको वार्ताबाट केही न केही सहमतिको विकल्प निस्कनेमा नेकपाका नेताहरु आशावादी बन्नुभएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमले पेश गर्नुभएको छ बुँदे सहमतिको मध्यमार्गी प्रस्तावमा समेत दुई अध्यक्षबीच छलफल हुने बुझिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.