राजनीति पो राजनीति : मुक्ति ढकाल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 8 August 2020

राजनीति पो राजनीति : मुक्ति ढकाल

कविता 
महाभारतको राजनीति के राजनीति
मेरो देशको राजनीति पो राजनीति ।

कोरोनाका महामारीले  जनता न यता न उति
संसार हसाउँने मेरो देशको राजनीति पो राजनीति ।

कोरोना विपतसँग लडिरहेछ विश्वको सत्ता र राजनीति
जनताको विश्वास पोलिरहेछ मेरो देशको राजनीति।

दुशासन र शकुनीको चालभन्दा ठुलो छ बेथिति
अरू देशमा के छ र मेरो देशमा पो छ गज्जब राजनीति ।

सत्तासीनको दाऊ छ पद,पैसा भए हुन्थ्यो इतितिती
कोरोना आपद्भन्दा ठूलो सत्ता ठान्छ मेरो देशको गूटको राजनीति  ।

देशको सत्ताकुण्ठा,तमासा देखेर संसार गरिरहेछ छ खितितिति
भाइ फुटे गवार लुटेको  अवस्थामा छ देशको राजनीति ।

अरुतिरको के राजनीति! मेरो देशको पो राजनीति
कोही सीमामै,कोही बाटोमै,कोही अस्पतालमा अकाल मरणको छ स्थिति
निर्धा मरे पनि,पासोमा चढे पनि जिउँदो जाग्दो छ मेरो देशको राजनीति।

किन चिन्ता उद्योग, व्यापार, शिक्षा, रोजगारको!भन्दे भो कोरोना परिस्थिति
किन यति दिशाहीन र निकम्मा भो मेरो देशको राजनीति।

जतिसुकै वीर, त्यागी भए पनि अधर्ममा महाभारतमा नासिने थियो नियति
दुशासन, दुर्योधन,शकुनीलाई मात दिने खालको भयो  मेरो देशको राजनीति।

बोल्न, लेख्न र विरोध गर्नै डराउनु पर्ने कति आए हेर विकृति विसंगति
निकृष्टमा नै उत्कृष्ट मान्नुपर्ने यो कस्तो खालको मेरो देशको राजनीति। 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.