विरगंजमा १८ गतेसम्म निशेधाज्ञा थप, पसलहरुलाई भने आलोपालो खोल्न दिइने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 29 August 2020

विरगंजमा १८ गतेसम्म निशेधाज्ञा थप, पसलहरुलाई भने आलोपालो खोल्न दिइने

पर्सा, १३ भदौ : सङ्कट व्यवस्थापन केन्द्र पर्साले जिल्लामा विगत एक महिना लामो समयदेखि जारी निषेधाज्ञालाई भदौं १८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार सूचना प्रकाशित जारी गर्दै श्रावण १० गतेदेखि पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञालाई भदौं १८ गते मध्य रातिसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

जिल्लाका अन्य पालिकाहरुमा श्रावण १९ गतेदेखि लागेको निषेधाज्ञालाई भने अन्त्य गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारि आस्मान तामाङको सभापतित्वमा शुक्रबार बसेको सङ्कट व्यवस्थापन केन्द्र पर्साको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भदौं १९ गतेदेखि भने विभिन्न क्षेत्रहरुको निषेधाज्ञालाई खुकुलो गरेको छ । प्रशासनले भदौं १९ गतेदेखि वीरगञ्ज महानगरको बजार क्षेत्रमा रहेका पसलहरुलाई आलोपालो गरी खोल्न दिने निर्णय गरेको छ ।

निर्णय अनुसार वीरगञ्ज महानगरको बजार क्षेत्रभित्र रहेका पसलहरुलाई उद्योग वाणिज्य सङ्घको समन्वयमा आइतबार, मङ्गलबार र बिहिबार सडकको एकतर्फ र सोमबार, बुधबार, शुक्रबार सडकको अर्को तर्फका पसलहरुलाई दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न दिइने छ ।

यसैगरी प्रत्येक दिन रेल्वे रोडमा तोकिएको स्थानमा बिहान ५ बजे बजेदेखि ८ बजेसम्म ३ घण्टाकालागि तरकारी तथा फलफुल विक्री वितरणका गर्न दिने निर्णय भएको
जिल्ला प्रशासन कार्यालय पर्साले जानेको छ ।

निषेधाज्ञाका कारण अति गरिव, विपन्न, दैनिक ज्यालादारी गरी जिवकोपार्जन गर्ने नागरिकलाई औचित्य, आवश्यकताका आधारमा वीरगञ्ज महानगरपालिकाले राहत वितरण गर्ने निर्णय समेत भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेखि गरिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.