काँग्रेस संसदीय दलद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 7 August 2020

काँग्रेस संसदीय दलद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २३ साउन : नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ ।

बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएका स्व बस्नेतले आफ्ना सन्ततिलाई सदैव देश, लोकतन्त्र र आमनागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको उल्लेख गर्नुभएको छ ।

बस्नेतको निधनले काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै संसदीय दलले स्व बस्नेतप्रति श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.