कतिमा पढ्छेउ नसोध्नु मलाई उतर दिन सकिएन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

कतिमा पढ्छेउ नसोध्नु मलाई उतर दिन सकिएन

मुक्तक
कमला गौतम
कतिमा पढ्छेउ नसोध्नु मलाई उतर दिन सकिएन
पढाई कस्तो हुन्छ भयो आफै चिन्न पिन सकिएन
अस्तव्यस्त जनजीवन भयो भित्र बसाई छ यस्तो
कुरा संसारको हो, यो दुःख धैरै भयो किन सकिएन। 

2
ए हजूर न्यायमा किन लापर्बाही हुन्छ यहाँ
भगवान! किन सबैको आआफ्नै धुन्छ यहाँ
सबैभन्दा ठूलो न्याय हुनुपर्ने बुझ्नेने नबुझ्दा
न्याय हरायो छैन, छ अन्याय सधै रुन्छ यहाँ।

3
उराठ बगरबाट तिम्रो राम्रो घर भयो
सुखी दिन महल भित्र पुरा रहर मयो
खोजेको पुगेर खुशी हुदैन मन किन
हुन्छ के अरु र बस्ने तिमी शहर भयो।

4
बसाई थियो टाढाटाढा लेखाइ थियो कलमको
तिमी खोजे देखे मन भयो सन्च काम मलमको
माया पनि कस्तो रैछ हो कुरा गरी साध्य छैन 
तडपिन्छ पानी बिना माछा जस्तै कुरा सलमको।

कमला गौतम
काठमाडौँ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.