नेशनल मेडीकल कलेजलाई ३ सय बेडको कोभिड अस्पताल बनाउन सिफारिश - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 8 August 2020

नेशनल मेडीकल कलेजलाई ३ सय बेडको कोभिड अस्पताल बनाउन सिफारिश

वीरगञ्ज, २४ साउन : वीरगञ्जमा संक्रमितहरुको उपचार तथा व्यवस्थापनको लागी समस्या भएपछि जिल्ला संकट व्यबस्थापन केन्द्र पर्साले नेशनल मेडीकल कलेज शिक्षण अस्पताल वीरगञ्जलाई ३ सय बेडको कोभिड अस्पताल बनाउन सरकारलाई सिफारीश गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा सम्पन्न जिल्ला संकट व्यबस्थापन केन्द्रको बैठकले गण्डक कोभिड बिशेष अस्पताल र वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालहरुको बेड संख्या प्रयाप्त नभएपछि संक्रमितहरुको उपचारमा समस्या भएको भन्दै यसक्षेत्रको सबैभन्दा ठुलो अस्पतालको रुपमा रहेको नेशनल मेडीकल कलेज शिक्षण अस्पताललाई कम्तिमा ३ सय बेडको कोभिड अस्पतालको रुपमा सन्चालन गर्नकालागी केन्द्रिय संकट व्यबस्थापन सन्चालन केन्द्र एवं स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यबस्थापन केन्द्र पर्साका प्रबक्ता ललित कुमार बस्नेतले बताउनुभयो ।

बैठकले पर्सा जिल्लामा कोरोना संक्रमण डरलाग्दो रुपमा देखापरेको हुदा नारायणी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरु संक्रमित भई आकास्मीक बाहेक नियमित सेवा प्रवाह अबरुद्ध भएको हुदा नारायणी अस्पतालमा थप स्वास्थ्यकर्मीको व्यबस्था गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा अनुरोध समेत गरेको छ ।

बैठकले पर्सा जिल्लामा वीरगञ्ज बाहिरपनि कोरोना संक्रमण देखापर्न थालेको हुदा ग्रामिण क्षेत्रबाट वीरगञ्ज ल्याई संक्रमितको उपचार व्यबस्थापन गर्न कठिनाई हुने भएकाले जटिल लक्षण भएका संक्रमित हरुलाई मात्र वीरगञ्जमा रहेका कोभिड अस्पतालमा ल्याउने र लक्षण नभएका तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई सम्बन्धित स्थानिय तहले नै सामुदायीक आईशोलेशन सेन्टर स्थापना गरी व्यबस्थापन गर्न लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

त्यसैगरी बैठकले वीरगञ्ज महानगरपालीका क्षेत्रमा साउन १० गते तथा समग्र पर्सा जिल्लामा साउन १९ गते देखी जारी गरिएको निषेधाज्ञाको कारण सम्पुर्ण व्यबसाय, सेवा बन्द भएकोमा अब नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखालाई स्वास्थ्य र सुरक्षा सम्बन्धि प्रोटोकलको पालना हुने गरी अति आवश्यक सेवामा प्रभाब नपर्ने गरी न्युनतम रुपमा बैंकिङ्ग सेवा सुचारु गर्न व्यबस्था मिलाउने एवं खाद्य तथा किराना पसलहरु समेत स्वास्थ्य र सुरक्षाका सबै सर्त र मापदण्डहरुको अनिबार्य रुपमा पालना गर्ने सर्तमा भिडभाड नहुने गरी उचित समयमा खोल्न दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले वीरगञ्जमा आजबाट सुरु भएका ४ वटा सामुदायीक आईशोलेशन सेन्टरहरुमा खाना, नास्ता लगायतका व्यबस्थापकिय खर्च व्यबस्थापनको लागी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गर्ने तत्कालको लागी यसको खर्च व्यबस्थापन जिल्ला प्रशासन कार्यालय पर्साले गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.