डाक्टर गोविन्द केसीलाई राज्यले अमानवीय व्यवहार गरिरहेको छ : चिकित्सक संघ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 30 August 2020

डाक्टर गोविन्द केसीलाई राज्यले अमानवीय व्यवहार गरिरहेको छ : चिकित्सक संघ

काठमाडाैँ, १४ भदौ :  डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर बल प्रयोग गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम भएको चिकित्सक संघको भनाइ छ ।



समाज सेवामा हिँडेका डाक्टर केसीलाई विनाकारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय कार्य तत्काल रोक्न पनि चिकित्सक संघले माग गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.