पर्सामा एक जना महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

पर्सामा एक जना महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

पर्सा, १८ साउन : पर्सामा एक जना महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनु भएकी वीरगञ्ज महानगरपालिका १६ की ५० वर्षीया महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

उहाँको उपचारको क्रममा शुक्रवार बिहान ज्यान गएको थियो । उहाँको ज्यान जानुभन्दा पहिले नै स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.