विराटनगरमा आईसियू सुविधासहित कोभिड अस्पताल संचालनमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

विराटनगरमा आईसियू सुविधासहित कोभिड अस्पताल संचालनमा

विराटनगर, १५ भदौ : प्रदेश १ को राजधानी विराटनगरमा निजी क्षेत्रबाट आईसियू र भेन्टिलेटर सुविधासहितको अस्पताल संचालनमा आएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको बिस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो ।

महेन्द्र चौक नजिकै रहेकाे यस अस्पतालमा  ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटर रहेकाे  छ ।  प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सेवा उद्घाटन गर्दै निजीस्तरबाट समेत सेवा शुरु हुनु सकारात्मक भएको बताउनुभयाे । 

विराटनगर र प्रदेशका खासगरी चार जिल्लामा अधिक संक्रमण फैलिएको बेला विराटनगरमा कोभिड अस्पताल संचालनमा आएप्छि बिरामीलाई सहज हुने अपेक्षा गरिएको अस्पतालका निर्देशक राजेश भट्टराईले बताउनुभयाे । केही दिनभित्रै कोरोना परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गरिने भट्टराईले बताउनुभयाे ।

सरकारले संचालन गरेका अस्पतालहरुमा बिरामीको चाप थेगिनसक्नु भईरहँदा निजीक्षेत्रबाट संचालनमा ल्याइएको अस्पतालबाट थप सेवा प्राप्त हुने अपेक्षा गरिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.