थप ३१५ जनामा काेराेना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २००८६ पुग्याे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 1 August 2020

थप ३१५ जनामा काेराेना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २००८६ पुग्याे

काठमाडाैँ, १७ साउन : पछिल्लाे विवरण अनुसार आज थप ३१५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या २००८६ पुगेकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी  दिनुभयाे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा छ हजार ९९३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो ।
हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।

हालसम्म ५६ जनाकाे मृत्यु भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.