सभामुख सापकोटासहित सचिवालयका सदस्यकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

सभामुख सापकोटासहित सचिवालयका सदस्यकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ साउन : प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटासहितको सचिवालय सदस्य तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको अगुवा गाडीमा साउन ६ गतेसम्म सुरक्षार्थ खटिनुभएका एक सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सभामुख सापकोटासहित सचिवालयका सदस्य तथा अन्य सुरक्षाकर्मीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार गएराति आएको कोरोना परीक्षणको प्रतिवेदन नेगेटिभ छ । उहाँहरू सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको प्रतिवेदनअनुसार सबैको प्रतिवेदन नेगेटिभ रहेको न्यौपानेले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.