तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत घुस लिएको आरोपमा पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 1 August 2020

तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत घुस लिएको आरोपमा पक्राउ

काठमाडौँ, १७ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

अख्तियारको टोलीले गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नागढुंगाबाट पक्राउ गरेको हो ।

घुस लिएको आरोपमा पक्राउ परेका उपाध्यायसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद बरामद गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौँको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.