नारायणकाजीलाई ओलीका सल्लाहकारको टिप्पणी : 'पदको लाज त जोगाउनुहोस्' - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 7 August 2020

नारायणकाजीलाई ओलीका सल्लाहकारको टिप्पणी : 'पदको लाज त जोगाउनुहोस्'

सुरुङ्गा, २३ साउन : सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला नेताहरुबीच आरोप-प्रत्यारोप, घोचपेच र टीकाटिप्पणी पनि बढ्न थालेको छ ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै ट्वीट गर्नुभएको छ ।

‘इनफ इज इनफ’ भन्दै उहाँले प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट लेख्नुभएको छ कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’

उहाँले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्दै अगाडि लेख्नुभएको छ ‘देश संवेदनशील मोडमा छ, महसुस होस् ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.