भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना सङ्क्रमण

काठमाडाैँ, १८ साउन : भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

गृह मन्त्री शाहले आफूमा काेराेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका छन् । 

उनले ट्वीट गर्दै भनेका छन्, 'काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट पाेजेटिभ आएकाे छ । मेराे अवस्था सामान्य छ र डाक्टरकाे सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।'
साथै उनले आफ्नाे सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसाेलेसनमा बस्न भनेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.