माइक्रो दुर्घटनामा १७ यात्रु घाइते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 1 August 2020

माइक्रो दुर्घटनामा १७ यात्रु घाइते

डडेल्धुरा, १७ साउन : डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो ।

भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार माइक्रोमा रहेका १७ घाइते भएका छन् । गाडी चालक कैलालीको गोदावरी नगरपालिका–६ का २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन् । फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.