पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 21 July 2020

पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

काठमाडाैँ, ६ साउन : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गएराति पहिरोले घर बगाउँदा २५ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २२ वर्षकी सम्झना खाँण र १८ महिनाकी छोरी अन्जिताको ज्यान गएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो ।

पहिरो जाँदा घर बाहिर रहेका बुवा, आमा र भाइ भने सुरक्षित रहेको पनि थापाले बताउनुभयो । रातिको समय र एकान्तमा घर भएकाले पहिरोमा परेकाहरुलाई उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी दिनुभयो ।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सामुदायिक भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.