रातो मच्छिन्द्रनाथको रथारोहण आज सम्पन्न - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 25 July 2020

रातो मच्छिन्द्रनाथको रथारोहण आज सम्पन्न

काठमाडाैँ, १० साउन : ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज सम्पन्न भएकोे छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भए पनि यो वर्ष कोरोना महामारीको कारण केही समय ढिला भएको हो ।

रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्ने भए पनि कोरोनाका कारण यो वर्ष समयमै गर्न नसकिएकाे बताउनुभयो ।

असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भए पनि कोभिड—१९ सङ्क्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत आज परेकाले आज नै रथारोहण गरिएको उहाँले बताउनुभयो । रथारोहण गरिए पनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उहाँले बताउनुभयो ।

जात्रामा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भए पनि उल्लेख्य सहभागिता रहेको थियो । पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.