थप एक सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

थप एक सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडाैँ, ७ साउन : पछिल्लो परीक्षण विवरण अनुसार थप एक सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ । देशका विभिन्न २८ वटा प्रयोगशालाबाट तीन हजार सात सय ७९ जनाको पीसीआर परीक्षणमा एक सय जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । अहिले सङ्क्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । यसैगरी आज दुई सय सात जना डिस्चार्ज भएका र योसँगै अहिलेसम्म १२ हजार ६ सय ८४ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । 

अहिले विभिन्न अस्पतलाका आइसोलेशनमा पाँच हजार तीन सय ७० जना उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा एक सय १९, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७८, वाग्मती प्रदेशमा चार सय २० र गण्डकी प्रदेशमा तीन सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन सय ४५, कणर्ाली प्रदेशमा दुई सय ९० र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय २७ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

बुधबार दुई सय सात जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म १२ हजार ६ सय ८४ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएकोमा प्रदेश नम्बर १ मा सात सय ५२, प्रदेश नम्बर २ मा दुई हजार आठ सय ३५, वाग्मती प्रदेशमा चार सय ५६ र गण्डकी प्रदेशमा एक हजार २४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ४८, कणर्ाली प्रदेशमा एक हजार पाँच सय ६७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय दुई जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।

२० हजार आठ सय ४२ जना क्वरेण्टीनमा रहेका छन् । प्रदेश नम्बर १ मा दुई हजार पाँच सय ५८, प्रदेश नम्बर २ मा दुई हजार तीन सय ९७, वाग्मती प्रदेशमा एक हजार चार सय ८४ र गण्डकी प्रदेशमा तीन हजार तीन सय नौ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन हजार दुई सय २४, कणर्ाली प्रदेशमा एक हजार तीन सय आठ र सुदूरपश्चिम प्रदेशमा ६ हजार पाँच सय ६२ जना क्वरेण्टीनमा रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिकाका पुरुषको साउन ६ गते निधन भएको हो । खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उहाँ साउन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना हुनुभएको थियो । सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो ।

यस्तै पोखरामा काम गर्दै आएकी चिनियाँ महिलाको कोरोनाको कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारको लागि टिचिङ अस्पताल लगिएकोमा बुधबार निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.