उपत्यकामा थप नाैसहित १४७ , कुल सङ्क्रमित १८ हजार २४१ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 23 July 2020

उपत्यकामा थप नाैसहित १४७ , कुल सङ्क्रमित १८ हजार २४१

काठमाडौँ, ८ साउन : नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ ।

यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ । 

नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जाेनमा ५३० रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत र बिहीबार ४.२ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा २ नयाँ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ५ र भक्तपुरमा २ जना सङ्क्रमित भएका छन् ।

वीरगन्जका ७० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण साउन ७ गते मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएका उहाँलाई उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.