घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडाैँ, १२ साउन : सरकारले घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकाे छ । 

गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुन: निर्देशन दिएको हो ।

लकडाउन खुलेसँगै जोखिम बढ्न सक्नेतर्फ सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । 

लकडाउन खुलेपछि बजारमा भिडभाड र चहलपहल बढ्न थालेको छ । भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । यसअघि सरकारले गएको असार २२ गते मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.