लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरो : १८ घर पुरिए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरो : १८ घर पुरिए

लमजुङ, ७ साउन : लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा पहिरो जाँदा १८ घर पूर्णरुपमा क्षती भएका छन् भने ८० घरपरिवार विस्तापित भएका छन् । पहिरोमा परी हालसम्म ४ जना घाइते भएको विवरण प्राप्त भएपनि पुरा विवरण आइसकेको छैन ।

गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले दिनुभएको जानकारी अनुसार आज विहान ९ः ३० बजे पहिरो गएको हो । हालसम्म पहिरोबाट भएको क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.