कर्मचारी फर्काउन नेपाल मेडिकल कलेज सहमत - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 19 July 2020

कर्मचारी फर्काउन नेपाल मेडिकल कलेज सहमत

शङ्खरापुर, ४ साउन : नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा फर्काउने सहमति भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिनुभयो । 

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको करार सेवामा कार्यरत कर्मचारीलाई असार ३१ गते रोजगारीबाट निकालेको जनाउँदै कर्मचारीले अस्पताल प्रशासनमा तालाबन्दीलगायत आन्दोलन गरेका थिए । उक्त आन्दोलनपछि अस्पतालले करार अवधि थप नगरी सेवाबाट हटाएका ७१ कर्मचारीलाई नियमित काममा फर्काउने भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.