पहिराले घर पुर्दा एककाे मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

पहिराले घर पुर्दा एककाे मृत्यु

स्याङ्जा, ७ साउन : गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी)को मृत्यु भएको छ । बिहान साढे ३ बजे खसेको पहिरामा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

राति खाना खाएर आमाछोरी सुतेकामा बिहान स्थानीयवासीले पहिराले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करीब २५ मिटर माथिबाट आएको पहिराले घर पुरेको हो । घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिराले छिमेकी पदम सारु र जवन सारुका घरमा समेत क्षति पुगेको छ ।स्थानीयवासीले जनाएका छन् ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.