पहिरामा परी बेपत्ताको शव फेला - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 26 July 2020

पहिरामा परी बेपत्ताको शव फेला

बलेवा, ११ साउन : शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । 

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरामा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरामा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।रासस

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.