नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 24 July 2020

नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता

परासी, ९ साउन : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो । सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा उनी चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ । यसअघि यही साउन ६ गते पनि सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई दाउरा छोप्ने क्रममा नदीले बगाएको थियो । उनी पनि अझै फेला परेका छैनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नारायणी तटीय क्षेत्रका बासिन्दाले नदीले बगाएर ल्याउने काठ र वन्यजन्तु छोप्न खोज्दा वर्षेनी जनधनको क्षति हुने गरेको छ । (रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.