विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 19 July 2020

विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

काठमाडौँ, ४ साउन : विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । 

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ । (रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.