दामनका होटल खुले - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 30 July 2020

दामनका होटल खुले

टिस्टुङ, १५ साउन : मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल चार महिनाको बन्दाबन्दीपछि आजदेखि खुलेका छन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनुभयो । 

सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार आजबाट दामनका होटल खुलेका हुन् । 

एशोसिएशनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एशोसिएशनमा आवद्ध होटल स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । वर्षायाम भएको र अझै लामो दूरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको सङ्ख्या कम हुने भएपनि आन्तरिक पर्यटनमा सहयोग पु¥याउन होटल पुनःसञ्चालनमा ल्याइएको एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले बताउनुभयो । (रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.