घर भत्किँदा एकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

घर भत्किँदा एकको मृत्यु

ठिनी (मुस्ताङ), १२ साउन : मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते हुनुभएको छ । ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ । बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो । स्थानीयवासी र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि लेत प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.